सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन


२९ आश्विन २०७९, शनिबार


रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् ।

शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताए ।

गठबन्धन हुन्छ की हुँदैन भन्ने अन्योलका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको उनको भनाइ थियो । उनका अनुसार देशभर करिब दुई सय ठाउँमा बागी उम्मेदवारी रहेकामा अहिले सो सङ्ख्या १० मा झरेको छ ।

रोल्पा प्रदेशसभा-२ मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीका उनले भने, ‘गठबन्धनको मर्म बुझेर उनी पछि हट्ने विषयमा सकारात्मक छन् ।’ पत्रकार सम्मेलनमा बामलोकतान्त्रिक गठबन्धनको बैकठले गरेका निर्णय पनि सार्वजनिक गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस