२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु

अ+ अ-

काठमाडौँ । दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’आज शनिबारदेखि सुरु भएको छ।

११औँ संस्करणमा अन्तर्राष्ट्रिय रूपमा नेपालमा पहिलो पटक ‘कलिङ साहित्यिक महोत्सव’ सुरु भएको हो। महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ।

महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले गरेका थिए। सो क्रममा गुरुङले महोत्सवले दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास व्यक्त गरे।

कलिङका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरूले दुई देशको सभ्यतालाई जोड्न गरेको योगदानको विषयमा चर्चा गरे।

महोत्सवले नेपाल-भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन र कला, संस्कृति र साहित्यको प्रवर्द्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएको आयोजकले बताएको छ।

‘भारत र नेपालः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ यो कार्यक्रम साहित्यिक भावनाको सबैभन्दा ठूलो उत्सव रहेको बताइएको छ।

कार्यक्रममा ७५ प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट सहभागी छन्। नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन्।
मालिनी अवस्थीको पनि प्रस्तुति हुनेछ।

भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पी. , राज शेखर, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता छ।

नेपाली साहित्यकारहरू तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरुङ, दिनेश अधिकारी, प्रा।गोपाल भण्डारी, वसन्त चौधरी, प्रा.डा. वासुदेव त्रिपाठी, आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ, महेश विक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा.ज्ञानु पाण्डे, डा. कुमारी लामा, डा.सावित्री मल्ल, सगुना शाह, डा.शान्तिमाया गिरी, डा.रजनी ढकाल, डा.ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा.गीता त्रिपाठी, स्नेह सायमी, राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाँचा, प्रभा. बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेममर्षी, अर्पण थापा, सुरक्षा पन्त, गोपाल आशक, उमा सुवेदी लगायतको सहभागिता छ।