सहरी विकास मन्त्रीले फिर्ता गरे सरकारी गाडी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सहरी विकास मन्त्रीले फिर्ता गरे सरकारी गाडी


२९ आश्विन २०७९, शनिबार


दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।

मन्त्री चौधरी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस