सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।  ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्यावस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको हो । 

जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असीम पाठकले जानकारी दिए । १०३ वर्षीय जोशीलाई (आइसियु) बाट जनरल वार्डमा सारिएको थियो ।

अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आइसियुमा सारिएको जोशीले बताए । जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए । निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई छ । 

स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न र खान छाडेका छन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको छ । शताब्दी पुरुष जोशी असोज ७ गते इमर्जेन्सीमा भर्ना भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस