मुख्यमन्त्री राउतले गरे काँग्रेसका ३ मन्त्री बर्खास्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री राउतले गरे काँग्रेसका ३ मन्त्री बर्खास्त


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशमा नेपाली काँग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । 

मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।  

मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि आज काँग्रेसबाट सहभागी मन्त्रीलाई मात्रै बर्खास्त गरेका छन् । रिक्त तीन वटै मन्त्रालय मुख्यमन्त्री राउतले नै सम्हाल्ने पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस