हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ : मन्त्री यादव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ : मन्त्री यादव


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरू हटाए लगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरूले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका काँग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरू आफै राजीनामा नदिने पक्षमा पुगेका छन् ।

मुख्यमन्त्रीले हटाए हटाउन तर आफुुहरु राजीनामा नदिने भौतिक पूर्वाधार विकास मन्त्री तथा मधेस प्रदेशका काँग्रेस नेता समेत रहेका रामसरोज यादवले बताए । मधेस प्रदेश सरकारमा काँग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् ।

यता जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले भने शुक्रबार दिनभरमा पनि काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ नै बर्खास्त गर्ने तयारी गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस