कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै गण्डकी प्रदेशलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै गण्डकी प्रदेशलाई आयोगले सोध्यो स्पष्टीकरण


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले बिहीबार गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको हो।

‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको वृत्तिविकास सम्बन्धमा दीर्घकालीन असर गर्ने प्रकृतिका कार्य किन गर्नु परेको हो ? तहाँ कार्यालयबाट अगाडि बढाउन खोजिएको प्रक्रिया सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम कर्मचारीको बढुवा तथा तहवृद्धि गर्दा अपनाउनुपर्ने सिद्धान्तहरूको पालना हुने सुनिश्चितता छ, छैन ?,’ आयोगले सोधेको छ।

आयोगले यस विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तीन दिनभित्र जवाफ पेस गर्न भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस