२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन-२ मा रवि लामिछानेको परीक्षा, यी हुन् प्रतिस्पर्धी उम्मेदवार !

अ+ अ-

काठमाडौँ । पार्टीसहित राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका लागि यो निर्वाचन परीक्षाको रूपमा अगाडि आएको छ । चुनाव लड्नका लागि चितवन पुगेका उनले आफ्नो चुनावी अभियान थालिसकेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

रवि लामिछानेको उम्मेदवारीपछि चितवन-२ को नतिजा कस्तो आउला भन्ने चासो पनि उत्तिकै छ । चितवन २ मा काँग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, नेपालका  मुस्तफा अलि, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारी, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, हाम्रो नेपाली पार्टीका अमृत तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङको पनि उम्मेदवारी छ । 

यस्तै जनसमाजवादी पार्टी नेपालका  प्रभा त्रिपाठीदेखि स्वतन्त्रका देविका कुवर, भास्करचन्द्र न्यौपाने,  खेमराज भट्टराई,  अङ्गुर पन्त, सुदर्शन प्रधान र सुन्दर डल्लाकोटीसम्मको उम्मेदवारी छ ।  यस्तै चितवन १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का   सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी छ भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका विश्वनाथ पौडेल मैदानमा छन् । 

यस्तै जनता समाजवादी पार्टी, नेपालले  अजय ठाकुर , राष्ट्रिय प्रजातन्त्र पार्टीले मधुपकुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीले अर्जुन प्रजा, मङ्गोल नेशनल अर्गनाइजेसनले कुमारी थिङ्ग, एकीकृत शक्ति नेपालले  नवीन खड्का, नेपाल सुशासन पार्टीले गोविन्द प्रसाद रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ।  

यस्तै स्वतन्त्रबाट जीवन तामाङ, विष्णु लामा,  दीपक पाठक, अरुण कुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलकमणि पाठक, उत्सव धमला, राजेन्द्रप्रसाद वुर्लाकोटी, कुमार आचार्य र राजन न्यौपानेको उम्मेदवारी छ । 

यस्तै चितवन ३ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भोज राज अधिकारलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा गएपछि पार्टीले अधिकारीलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको हो । 

यस्तै जनता समाजवादी पार्टी, नेपालले काशीम मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीले विक्रम पाण्डे, नेपाल मजदुर किसान पार्टीले  पदम थापा मगर, राष्ट्रिय नागरिक पार्टीले नवराज घले, मङ्गोल नेशनल अर्गनाइजेसनले फैन्द्रजंङ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीले जग बहादुर पुन मगर र राष्ट्रिय स्वतन्त्र पार्टीले जिता बराललाई उम्मेदवार बनाएको छ ।

 यस्तै स्वतन्त्रबाट राजन सापकोटा, तारानाथ पौडेल दिनेश कोइराला,  सुमित्रा राई गिरी, जगन्नाथ पौडेल, भिम्सीन बस्नेत, नन्द राज उपाध्याय, वासुदेव सापकोटा, बद्री सिलवाल,  हरि तामाङ, तारा प्रसाद पौडेल र चन्द्र विलास अधिकारीले उम्मेदवारी दिएका छन् । सो निर्वाचन क्षेत्रमा एमालेले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस