कार्यपालिका पदाधिकारीले चुनावी प्रचारप्रसार गर्न नपाउने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कार्यपालिका पदाधिकारीले चुनावी प्रचारप्रसार गर्न नपाउने


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने जनाएको छ । 

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधवार विज्ञप्ति जारी गर्दै स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने जनाएका हुन् ।

आयोगका अनुसार आफू निर्वाचित भएका स्थानीय तह बाहेकको अन्य स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत ९सवारी साधन, सुरक्षाकर्मी आदि०को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भएकाले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस