ओलीविरुद्ध उम्मेदवारी दिएका पाठकले पाए पुतली चुनाव चिह्न « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ओलीविरुद्ध उम्मेदवारी दिएका पाठकले पाए पुतली चुनाव चिह्न


२६ आश्विन २०७९, बुधबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाठकले पुतली चुनाव चिह्न पाएका हुन् ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस