मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ। लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टङ्क विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् ।

टङ्ककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशङ्का भएको उनले जानकारी दिइन् ।

प्रदेशसभाका आकाङ्क्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक(पटक दबाब दिएको उनको परिवारले जनाएको छ । विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशङ्का छ ।

उनलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताले पटक(पटक फोन गरेको पारिवारिक स्रोतको भनाई छ । बुहारी गौरीले अपहरणको आरोप लगाए पनि प्रहरीमा भने कुनै उजुरी दिएका छैनन् ।

इलाका प्रहरी कार्यालय भालुवाङले यसबारे कुनै जानकारी नभएको र बुझेरमात्रै बताउन सकिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस