अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् ।

निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरू बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए ।

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरूलाई तत्काल उद्धारको व्यवस्था भनेका छन् । मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पा लगायत हिमाली क्षेत्रमा पर्यटकहरू पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरू बीचबाटोमै अलपत्र परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस