पाँच दिनदेखि बेपत्ता पथ-प्रदर्शकको शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाँच दिनदेखि बेपत्ता पथ-प्रदर्शकको शव फेला


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथ-प्रदर्शकको शव भेटिएको छ।

सोलुखुम्बु जिल्ला पासाङ ल्हामू गाउँपालिका-१ घर भएका ३८ वर्षीय पथ-प्रदर्शक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्किएका लामा फर्किने क्रममा एक्कासि बेपत्ता भएका थिए। 

लामासँगै गएका चुमनुब्री गाउँपालिका-२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा उनी बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेस्ट एयरको हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस