बाढी, पहिरो प्रभावितका लागि राहत बोकेको हेलिकप्टर अवतरण हुन नसकी फर्कियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाढी, पहिरो प्रभावितका लागि राहत बोकेको हेलिकप्टर अवतरण हुन नसकी फर्कियो


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिकामा बाढी पहिरोबाट प्रभावितहरूका राहत सामग्री लिएर गएको हेलिकप्टर अवतरण हुन नसकी फर्किएको छ । 

बाढी पहिरो प्रभावितहरूका लागि प्रदेश सरकारबाट राहत सामग्री लिएर गएको नेपाली सेनाको फिस्टेल एअर हेलिकप्टर खबर मौसमका कारण अवतरण हुन नसकी फर्किएको हो । 

यसैबीच हेलिकप्टरले शुभकालिका गाउँपालिका ३ की ५३ वर्षीया धना तिरुवा र खुट्टा फ्याक्चर भएका सान्नी त्रिवेणी गाउँपालिका १ लुसाका १४ वर्षीय अपिल जैसीलाई प्रदेश अस्पताल लिएर फर्किएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस