चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको विज्ञापन गर्ने भएको छ ।

आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार भोलि(बुधवार) विभिन्न सेवाका गरी चार सय भन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्न लागेको हो ।

प्रशासन सिंहदरबार स्रोतका अनुसार निजामती तर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवा तर्फ ११औँ र नवौँ तह, मानव अधिकार सेवाको अधिकृत प्रथम र द्वितीय, संघीय संसद्को राजपत्राङ्कित प्रथम र द्वितीयको प्राविधिक र अप्राविधिक गरी चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै छ ।

जसमध्ये प्रशासन सेवा तर्फ उपसचिव सामान्य प्रशासन तर्फ ८०, राजश्व १७ र लेखा १४ जनाको विज्ञापन हुँदै छ भने सहसचिवका लागि २२ पदका लागि विज्ञापन हुँदै छ । 

विगतमा झैँ आज पनि सहसचिवको दरबन्दी बढाउनु पर्ने भन्दै केही उपसचिवहरूले सिंहदरवास्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाराबाजी गरे पनि सचिव अर्जुन प्रसाद पोखरेलले ‘जे हो, त्यही पठाइएको छ, यो भन्दा धेरै केही हुँदैन’ भन्दै हिँडेपछि लोक सेवालाई थोरै भए पनि हाइसन्चो भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस