बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनले दियो २० घण्टे अल्टिमेटम   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनले दियो २० घण्टे अल्टिमेटम  


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो।

उक्त बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्। तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस