२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा अलपत्र परेका ८२ पर्यटकको हवाई उद्धार

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए । उनका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए। गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

बङ्गालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा एक सय २० पटक हेलिकोप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो ।

मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धवलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस