२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

अ+ अ-

काठमाडौँ । मोरङमा रहेका सत्ता गठबन्धनका ४ दलको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि वडास्तरसम्म संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समिति आगामी २८ गतेभित्र बनाइसक्ने र निर्वाचन परिचालन समिति बनाउँदा प्रतिनिधिसभाको उम्मेदवार रहने दलको प्रतिनिधि उक्त क्षेत्रको संयोजक रहने गठबन्धन दलले निर्णय गरेका हुन् । 

यस्तै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङ नेपाली काँग्रेस कार्यवाहक सभापति नागेश कोइरालाको संयोजकत्वमा १७ सदस्य समिति रहने पनि निर्णय भएको छ । यस्तै बैठकले २३ गते मनोनयनको क्रममा गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र उम्मेदवार​हरूको मनोनयन भएको भन्दै मनोनयन फिर्ता लिन पनि आग्रह गरेको छ ।

‘संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र उम्मेदवार​हरूको मनोनयन भएको जानकारी आएको हुँदा उम्मेदवारको नामावली फिर्ता गर्ने निर्धारित समय सीमा भित्र स्वतन्त्र उम्मेदवार​हरूको नाम फिर्ता गराउन हदैसम्म पहल गर्ने,’ निर्णयमा भनिएको छ, ‘यदि स्वतन्त्र उम्मेदवार​हरुले नामावली फिर्ता गर्न नमाने पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बन्धित पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने तथा सञ्चार माध्यमबाट सार्वजनिक गर्ने निर्णय गरियो ।’

बैठकले गठबन्धनको सम्पर्क कार्यालय काँग्रेसको विराटनगरस्थित मोरङ पार्टीको कार्यालयमै रहने पनि निर्णय गरेको छ । बैठक काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूको सभापतित्वमा बसेको थियो । काँग्रेसका कार्यबहाक मोरङ सभापति नागेश कोइराला, माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामी, नेकपा एकीकृत समाजवादीका मोरङ अध्यक्ष चन्द्रवीर राई र लोकतान्त्रिक समाजवादी पार्टी मोरङका इन्चार्ज अमरेन्द्र कुमार साहले निर्णयमा हस्ताक्षर गरेका छन् ।