नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको छ।

कारागारमा रहेका रेशम चौधरीले स्थापना गरेको सो पार्टीबाट चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

उनीविरूद्ध सोमबार धनगढी-१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन्। 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याइ सजाय गरी निज फरार रहेको ब्यहोराको उजुरी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। 

कार्यालयले दुवै पक्षलाई आ–आफ्नो सबुत प्रमाणसहित मङ्गलवार दिउँसो ३ बजे अनिवार्य उपस्थित हुन भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस