देउसीमा देशका सबै पालिका प्रमुखलाई निम्त्याइने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

देउसीमा देशका सबै पालिका प्रमुखलाई निम्त्याइने


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । सिस्नुपानी नेपालले यस वर्षको देउसीमा मुलुकका ७५३ वटै स्थानीय तहका प्रमुखलाई निम्तो दिने भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई देउसीको लागि पहिलो निम्तो दिइएको छ ।

‘प्रज्ञा-सिस्नुपानी देउसी २०७९’ नाम दिइएको देउसी कात्तिक ५ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । देउसीको तयारीमा जुटेका हास्य कलाकार मनोज गजुरेलका अनुसार स्थानीय सरकारको चर्चा, लोकप्रियतादेखि युवा सहभागिता भएकाले पनि जनप्रतिनिधिलाई निम्तो दिइएको हो ।

जनप्रतिनिधिसँगै कार्यक्रममा संगीत क्षेत्रका विशिष्ट व्यक्तिलाई पनि निम्तो दिइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस