२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारी दर्तासँगै निर्वाचनको बढ्यो चहलपहल

अ+ अ-

महोत्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै महोत्तरीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ। आइतबार दल र स्वतन्त्र उम्मेदवारले मनोनयनयनपत्र दर्ता गराएसँगै यहाँको राजनीतिक माहोल तताएको हो।

जिल्लामा विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको छ। महोत्तरी-३ मा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा हरिनारायण यादव, महोत्तरी-१ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, महोत्तरी–२ मा शरतसिंह भण्डारी, महोत्तरी–४ मा जसपा डा.सुरेन्द्रकुमार यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन्।

त्यसैगरी नेकपा एमालेका रामदयाल मण्डल र सरोज यादवले क्रमशः महोत्तरी–३ ‘ख’ र महोत्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा गरी जम्मा दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये महोत्तरी–१ प्रतिनिधिसभातर्फ १६ र दुईवटा प्रदेशसभातर्फ ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महोत्तरी–१ (क)मा १६ र महोत्तरी–१ (ख) मा २३ जना प्रदेशसभाका उम्मेदवार दर्ता भएका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ।

यसैगरी महोत्तरी–२ मा प्रतिनिधिसभातर्फ १७ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेशसभातर्फ महोत्तरी–२ क मा २० र ख मा २१ जनाको दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी-२ बलवाका निर्वाचन अधिकृत अरुण झाले जानकारी दिए।

त्यस्तै महोत्तरी–३ मा प्रतिनिधिसभातर्फ २१ जना र प्रदेशसभातर्फ क मा १३ र ख मा २८ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए। महोत्तरी–४ का लागि प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ क मा २६ र ख मा २० जनाको उम्मेदवारी दर्ता भएको सो क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए।

आसन्न निर्वाचनका लागि राजनीतिक दलतर्फबाट सत्तारुढ गठबन्धन र लोसपाबीच एवं एमाले र जसपा नेपालबीच तालमेल देखिएको छ। यसका अतिरिक्त जनमत पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। जिल्लाका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सङ्ख्या देखिएको छ।

निर्वाचनसम्बन्धी महत्वपूर्ण पाटो उम्मेदवारी दर्ता सम्पन्न भएपछि सर्वसाधारण जितहारको अड्कलबाजी गर्दै भेटिन्छन्। यता दलहरु आ–आफ्ना समीकरणका दलहरूबीच मतदानसम्म सहमतिअनुसार अघि बढ्नुपर्ने प्रतिबद्धतासाथ चुनावी प्रतिस्पर्धा कलाका विभिन्न आयामबारे सघन छलफलमा जुटेका छन्।

आउने मङ्सिर–४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन्। जसमध्ये पुरुष दुई लाख १५ हजार एक सय ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य तेस्रोलिङ्गीमा एक मतदाता दर्ता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३०, क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय ९७ जना कायम रहेका कार्यालयले जनाएको छ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तालिका अनुसारका गतिविधि अघि बढेका छन्। चुनावलक्षित सुरक्षा योजना र आवश्यक तयारी भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको भनाइ छ। आसन्न निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार पाँच सय र म्यादी प्रहरीका दुई हजार आठ सयलाई खटाइसकिएको प्रजिअ पहाडीले बताए। यसका अतिरिक्त आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी परिचालित गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस