एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेकै टिकटबाट ३ बजेर ३० मिनेटमा वासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मिनेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुवै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

घिमिरेले आफू आधिकारिक उम्मेदवार भएको भन्दै सूर्य चिह्नमा मत मागेका छन् भने भट्टराईले घिमिरेको टिकट खारेज गरेर पार्टीले आफूलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस