राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो ।

कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने भएको छ । यो विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापन संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत स्वीकृत भएको छ । 

बीमा विधेयक पारित भएसँगै अब बस्ने बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणमा परिणत गर्ने छ । हालको समिति प्राधिकरण बने पनि अहिलेकै सञ्चालक समितिले निरन्तरता पाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस