प्रदेश १ मा एमालेका पाँच नेताले गरे पार्टी परित्याग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रदेश १ मा एमालेका पाँच नेताले गरे पार्टी परित्याग


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमाले प्रदेश १ का पाँच जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रदेश र जिल्ला कमिटीमा रहेका ५ नेताले एमालेले आम कार्यकर्ताको भावना विपरीत गतिविधि गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

यसरी संयुक्त रूपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यत्रय प्रताप कुमार थापा, मधु गूरुग र राजकुमार बस्नेत रहेका छन् । 

त्यसैगरी मोरङ जिल्ला कमिटी सदस्य गीता सिवाले एमाले परित्याग गरेकी छन् । उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू जस्तै अपमानित भएर नबस्न अन्य नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस