दीपक मनाङेको क्षेत्रमा एमाले र काँग्रेसविनाको स्वतन्त्रको मात्रै लडाई  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दीपक मनाङेको क्षेत्रमा एमाले र काँग्रेसविनाको स्वतन्त्रको मात्रै लडाई 


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।

उक्त क्षेत्रबाट मनाङे र एक जना स्वतन्त्र उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा एमाले र गठबन्धन दुवैले मनाङेलाई समर्थन गर्ने भन्दै आफ्ना उम्मेदवार उठाएका छैनन् । यो क्षेत्रमा मनाङे र कर्मा दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनाङे आफैँ पनि स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

उनी यसअघि पनि स्वतन्त्र उम्मेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए ।

गठबन्धन र एमालेको तानातानमा परेतापनि मनाङेको झुकावचाहिँ एमालेतिर देखिएको थियो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भूमिकामा रहेका मनाङे अहिले गठबन्धनबाट मन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस