गृहमन्त्री खाँणले दर्ता गराए उम्मेदवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री खाँणले दर्ता गराए उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ। प्रतिनिधिसभा सदस्य लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले मनोनयन दर्ता गरेका छन् ।

आइतबार भैरहवास्थित निर्वाचनका कार्यालय पुगेका खाँणले मनोनयन दर्ता गरेका हुन् ।

रुपन्देही ३ एमालेका घनश्याम भुसाल र राप्रपाका दीपक बोहराको समेत निर्वाचन क्षेत्र हो । तर, टिकट नपाएपछि एमालेका भुसालले पार्टीबाट राजीनामा दिइसकेका छन् । 

एमाले र राप्रपाबिच तालमेल भएर बोहोराले यसअघि मनोनयन दर्ता गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस