यातायात कार्यालय प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यातायात कार्यालय प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

आइतबारै राजीनामा स्वीकृत भइसकेपछि उम्मेदवारी दर्ता गराएको थापाले जानकारी दिए।

जनता पार्टीप्रति निराश भएको र स्वतन्त्र व्यक्ति मात्र राम्रो काम गर्न सक्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ।

बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री सहितका स्वतन्त्र युवाको समर्थनले उम्मेदवारी दिएको उनको भनाई छ।

गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

स्वतन्त्र समूहबाटै प्रदेशसभातर्फ १ को ‘क’ बाट युवराज पोखरेल र ‘ख’ बाट विनोद महतोले उम्मेदवारी दिएका छन्।

मालपोत, नापी, इलाका प्रशासन कार्यालयलगायतका कार्यालयमा काम गरेको थापाको अनुभव छ।

प्रतिनिधिसभामा महोत्तरी क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनबाट माओवादीका गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस