विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । यसपटक शर्माले नेकपा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी दर्ता गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस