गोरखामा चुनाव लड्दा गौरव लागेको छ : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोरखामा चुनाव लड्दा गौरव लागेको छ : प्रचण्ड


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि गोरखा हरेक दृष्टिकोणले ऐतिहासिक जिल्ला भएको बताएका छन् ।

आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले आफ्नै परिचित ठाउँ र परिचित जनताको बीचमा आएको महसुस भएको बताए । 

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर प्रचण्डले भने ‘गोरखा ऐतिहासिक जिल्ला हो । युवा अवस्थामा गोरखामा बसेर अध्यापन गरेको जिल्ला पनि हो । मैले यही पार्टी हेडक्वाटर राखेर जनयुद्धको पुरै तयारी यहीबाट गरेको हो ।’

उनले जनयुद्धको पहिलो सैनिक तालिम दिएको ठाउँपनि गोरखा नै भएको स्मरण गरे ।

उनले गोरखाबाट चुनाव लड्दा आफ्नै परिचित ठाउँ र जनताको बीचमा आएको महसुस भएको बताए । त्यस्तै उनले रोल्पा, काठमाडौँ, सिराहा र चितवनबाट चुनाव लडेको भन्दै यसरी घुम्दै चुनाव लड्ने आफू पहिलो व्यक्ति भएको बताए । उनले अहिले गोरखामा चुनाव लड्दा गौरव लागेको पनि बताए । उनले गठबन्धनका तर्फबाट आफू साझा उम्मेदवार गोरखा २ मा बनेको भन्दै अब आर्थिक विकास र सम्बृद्धिका लागि एकताबद्ध भएर नयाँ क्रान्तिको रोडम्याप गोरखाबाटै कोर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस