यि हुन काँग्रेस, एमाले र माओवादीबाट प्रत्यक्षतर्फका महिला उम्मेदवार ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यि हुन काँग्रेस, एमाले र माओवादीबाट प्रत्यक्षतर्फका महिला उम्मेदवार !


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। यता काँग्रेस र एमालेले ५(५ जनालाई उम्मेदवार बनाएको छन्।

काँग्रेसले सुजाता कोइरालालाई मोरङ २ मा उठाउने भएको छ भने सिराहाबाट चित्रलेखा यादवलाई उठाएको छ।

यस्तै, पुष्पा भुसाललाई अर्घाखाँचीबाट टिकट दिँदा डीना उपाध्यायलाई मकवानपुर र सीता गुरुङलाई तेह्रथुममा टिकट दिएको छ।

एमालेले पनि पाँच जना महिलालाई चुनावी मैदानमा उतारेको छ।

एमालेबाट सुनसरी ३ मा भगवती चौधरी, दाङ १ मा शान्ता चौधरी र दाङ ३ मा कोमल वलीलाई प्रत्यक्षमा उठाएको छ। यस्तै गौरी वलीलाई डोटी र निरूदेवी पाललाई कञ्चनपुर ३ को टिकट दिएको छ।

माओवादी केन्द्रले भने ६ जना महिलालाई  चुनावी प्रतिस्पर्धामा ल्याएको छ।

माओवादीले पम्फा भुसाल, कल्पना धमला, रेखा शर्मा, ओनसरी घर्ती, गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराईलाई टिकट दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस