चितवन ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नं.३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

नेता पौडेलले चितवन ३ मा काँग्रेसकै नेता-कार्यकर्ताहरुको दबाबमा उम्मेदवारी दिन लागेको बताए ।

सत्ताधारी गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा काँग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए ।

काँग्रेसले अरू दल बोकेर हिँड्न हुन्न भन्ने एजेन्डा आफूले स्थापित गर्न खोजेको र त्यसमा सफल पनि भएको उनको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस