काँग्रेसले मिनेन्द्र रिजाललाई दिएन टिकट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले मिनेन्द्र रिजाललाई दिएन टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले नेता डा. मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन।

यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।

यसअघि उनी उठेको क्षेत्रमा अहिले काँग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र काँग्रेसले पाएको थियो।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन्।

विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो। टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन्।

क्षेत्र नं ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ। काँग्रेस नेताद्वय महेश आचार्य र अमृता अर्यालले टिकट पाएका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस