राजेन्द्र महतोले अनिल झालाई छोडे धनुषा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र महतोले अनिल झालाई छोडे धनुषा


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा छोड्ने भएका छन्। धनुषा ३ बाट लोसपाका नेता अनिल झालाई छोडेर उनले सर्लाही २ बाट उम्मेदवारी दिने भएका हुन्।

धनुषा छोडेर सर्लाही २ बाट महतो उम्मेदवार बन्ने लोसपा कार्यकारिणी सदस्य झाले सेतोपाटीलाई जानकारी दिए।

महतो २०७४ सालको निर्वाचनमा धनुषा ३ बाट निर्वाचित भएका थिए। उनले काँग्रेसका नेता विमलेन्द्र निधिलाई हराएका थिए। झाले भने २०७४ मा रौतहट क्षेत्र नं १ बाट निर्वाचन जितेका थिए।

महतो सर्लाही आएसँगै त्यहाँ सत्ता गठबन्धनबीचनै रोचक प्रतिस्पर्धा हुने भएको छ। नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव माओवादीको चुनाव चिन्हबाट लड्दैछन्। २०७४ मा यादव सर्लाही २ बाटै निर्वाचित भएका थिए। त्यस बेला महतो र यादव दुबै राजपामा थिए।

महतो र यादवबीच २०७० को संविधानसभा निर्वाचनमा एउटै क्षेत्रबाट प्रतिस्पर्धा भएको थियो। त्यसबेला सर्लाही क्षेत्र नम्बर ४ बाट दुबै जना लडेका थिए। त्यो निर्वाचनमा तत्कालीन तराई मधेस सद्धभावना पार्टीका यादवले तत्कालीन सद्धभावना पार्टीका महतोलाई हराएकाथिए।

Tags :
प्रतिक्रिया दिनुहोस