भीम रावलको टिकट खोसिएपछि गृहजिल्लामा पार्टीभित्र खैलाबैला, सबै कमिटीले राजीनामा दिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भीम रावलको टिकट खोसिएपछि गृहजिल्लामा पार्टीभित्र खैलाबैला, सबै कमिटीले राजीनामा दिँदै


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ। अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको हो।

स्रोतका अनुसार अछाममा एमाले नेताहरुले विद्रोहको तयारी समेत गरेका छन्। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरूले (आज) शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।

त्यसका लागि शनिबार दिउँसो रावल निकट नेताहरुले अछाममा भेला गरिरहेका छन्। तर रावलले भने यसबारे आधिकारिक प्रतिक्रिया जनाएका छैनन्।

जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका आएका झपट बोहरालाई दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

तर बोहराले चुनाव लड्नै नचाहेको एमाले नेताहरुले बताएका छन्। जबर्जस्ती उनलाई टिकट दिइएको बताइएको छ। एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दा आएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस