प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरू उम्मेदवारी दर्ताको लागि जिल्लातर्फ लागेका छन् ।

उम्मेदवारी दर्ताको लागि  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि गोरखा जाने भएका छन् । प्रचण्डसँगै नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराउने भएपछि भट्टराई पनि प्रचण्डसँगै गोरखा जान लागेका हुन् । बाबुराम नेतृत्वको नेसपा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने  भएको छ । तर भट्टराई भने प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । त्यसैले प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् । 

गोरखाबाट निर्वाचन लड्ने प्रचण्डको निर्णयलाई बाबुराम भट्टराईले यसअघि नै स्वागत गरेका थिए । प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो साङ्केतिक महत्त्व रहेको भन्दै भट्टराईले प्रचण्डलाई जिताउन आफ्नो पूर्ण साथ रहने बताउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस