नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।

ओरी ओरअफ र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । 

उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस