काठमाडौँ-१० मा बादललाई टिकट दिने एमाले तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ-१० मा बादललाई टिकट दिने एमाले तयारी


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले काठमाडौँ क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी गरेको छ ।

बादललाई उम्मेदवार बन्न अध्यक्ष केपी शर्मा ओलीले नै आग्रह गरेका थिए । स्रोतका अनुसार, बादलले पनि चुनावमा उम्मेदवार बन्ने सङ्केत दिएका छन् । 

यसअघि एमाले उपाध्यक्ष बादलले कतैबाट चुनाव नलड्ने बताएका थिए । चितवन–२ मा कृष्णभक्त पोखरेलको बलियो पकड रहेकाले बादलले त्यहाँ जान चाहेनन् । त्यसपछि बादलकी पत्नी नैनकला थापालाई समानुपातिकतर्फ राखिएको थियो ।

नैनकलाको नाम एमालेले आदिवासी महिलातर्फ एक नम्बरमा राखेको छ । 

यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली काँग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।

यो पटक एमालेबाट सुरेन्द्र मानन्धर दाबेदार थिए । उनीसँगै कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, नेताहरू गञ्जुमान सिंह र रामशरण आलेमगर पनि आकाङ्क्षी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस