एमालेबाट सर्वेन्द्र खनालले पाए काठमाडौँ ६ मा टिकट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेबाट सर्वेन्द्र खनालले पाए काठमाडौँ ६ मा टिकट


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ। काठमाडौं क्षेत्र नं.६ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले टिकट पाएका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । 

जनता समाजवादी पार्टी९जसपा० का सांसद डा। सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौँ ल्याएको घटनामा मुछिएका खनालले २०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठसहित धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौँ ल्याएका थिए ।

नेपाली काँग्रेसले भने काठमाडौँ ६ मा भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस