धरान-धनकुटा सडकखण्डमा गुडिरहेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धरान-धनकुटा सडकखण्डमा गुडिरहेको बसमा आगलागी


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । कोसी राजमार्गको धरान-धनकुटा सडकखण्डको भेडेटार नजिक गुडिरहेको बसमा आगलागी भएको छ। 

काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा शुक्रबार अपराह्न साढे ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। 

३५ यात्रु सवार बसमा विद्युत् सर्ट हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले बताए। उनका अनुसार बस पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन।  

Tags :
प्रतिक्रिया दिनुहोस