बालुवाटारबाट फर्किएर आन्तरिक छलफलमा जुटे लोसपाका नेता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारबाट फर्किएर आन्तरिक छलफलमा जुटे लोसपाका नेता


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । 

नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जिन्तेन्द्रप्रसाद सोनार बालुवाटारबाट फर्किएपछि पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहितका नेता छलफलमा जुटेका हुन् । 

“बालुवाटारबाट नेताहरू फर्किएपछि पार्टी कार्यालयमा अध्यक्षसहितका नेताहरू छलफलमा जुट्नुभएको छ,” लोसपाका एक नेताले भने ।

उनका अनुसार बालुवाटारको प्रस्तावबारे छलफल हुनेछ । बालुवाटारबाट आएको प्रस्तावबारे भने आफूलाई जानकारी नभएको ती नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस