समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ । 

झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए । 

आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस