चार वर्षमा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमै १९ अर्ब खर्च « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

चार वर्षमा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमै १९ अर्ब खर्च


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा मात्रै करिब १९ अर्ब रुपैयाँ खर्च गरेको छ ।

बजेट वक्तव्यअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर २०७५ बाट विभिन्न सात प्रकारका कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैङ्कले त्यसैअनुसार सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मन्त्रिपरिषदबाट स्वीकृत गराएर कार्यान्वयनमा ल्याएको थियो । पछि त्यसलाई संशोधन गर्दै विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्‍यो ।

उक्त सहुलियतपूर्ण कर्जाको लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

उक्त कार्यविधि अनुसार साउन २०७९ सम्ममा १ लाख ४७ हजार २३ ऋणीलाई २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार कर्जा स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ ।

जसमध्ये २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ रुपैयाँ बराबरको लगानी बक्यौता बाँकी रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस