कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु हो : डा. भट्टराई « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु हो : डा. भट्टराई


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिँदै गएको टिप्पणी गरेका छन् । बिहीबार राति एक ट्विट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिँदै गर्दै नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ ।’

बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबिच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले भनेका छन् ।

यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस