बारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको माग  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको माग 


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको जितपुर सिमरा सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। 

आज बिहान भएको सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा ३२ जना घाइते भएका छन्।

आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले चाडपर्वका बेला भएको दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै उनले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्था मिलाउन माग गरेका छन्। 

उनले दुर्घटना तथा अविरल वर्षाका कारण बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्नो पार्टीका भातृ सङ्गठनलाई उद्धार, राहत कार्यमा जुट्न निर्देशन दिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस