प्रत्यक्षतर्फ ४० प्रतिशत हिस्सा दिनु पर्ने शेखर पक्षको निष्कर्ष « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रत्यक्षतर्फ ४० प्रतिशत हिस्सा दिनु पर्ने शेखर पक्षको निष्कर्ष


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । 

शीर्ष नेताको उपस्थितिबिना काठमाडौँको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए काँग्रेसले ठुलो सङ्कटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको, एक नेताले बताए । 

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस