भैरहवाबाट काठमाडौँ उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भैरहवाबाट काठमाडौँ उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण


२० आश्विन २०७९, बिहिबार


काठमाडैँ। भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

बिहान  सवा ६ बजे उड्नुपर्ने विमान ७ स् ३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०स्२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ ।

झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका एक यात्रुले बताएका छन्।

बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस