नारायणगढ-मुग्लिङ सडक अवरुद्ध « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध


२० आश्विन २०७९, बिहिबार


चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो खस्दा  अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएसँगै नारायणगढ-मुग्लिङ सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस