सिट बाँडफाँटलाई अन्तिम रुप दिन बालुवाटारमा गठबन्धनको बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिट बाँडफाँटलाई अन्तिम रुप दिन बालुवाटारमा गठबन्धनको बैठक


१९ आश्विन २०७९, बुधबार


काठमाडौँ । सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

दशैंको समयमा समेत निरन्तर बस्दै आएको गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा चलिरहेको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकिरहेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५, माओवादी केन्द्रले ४४ सिट, एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।

तर एकीकृत समाजवादी र जसपा भने उक्त बाँडफाँडमा सहमत छैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु थप दबावमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस