टिकट नपाएपछि काँग्रेस नेता बुढाथोकीले भने पार्टीले मेरो नाक कटायो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टिकट नपाएपछि काँग्रेस नेता बुढाथोकीले भने पार्टीले मेरो नाक कटायो


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरु र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा २ मा काँग्रेसले जित्न सक्ने स्थानमा माओवादीलाई सुम्पिएकै भन्दै बुढाथोकीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र संस्थापन पक्षका नेता बुढाथोकीले माओवादीलाई उम्मेदवार बनाएर पार्टीले आफ्नो नाक काटेको गुनासो गरे ।

स्थानीय तहको मतको आधारमा कांग्रेसभन्दा एमाले यस क्षेत्रमा अगाडि छ । एमालेले ३४ हजार ४१२ मत पाउँदा दोस्रो शक्ति काँग्रेसले ३१ हजार १५८ मत पाएको थियो । माओवादी केन्द्र झापामा चौथो शक्ति छ । माओवादीले स्थानीय चुनावमा दुई हजार ३५७ मत पाएको थियो ।

माओवादी केन्द्रबाट धर्मशीला चापागाईँलाई उम्मेदवार बनाउन लागेको छ । तर बुढाथोकी भने माओवादी केन्द्रको उम्मेदवारले जमानत जोगाउन नसक्ने दाबी गर्छन् ।

माओवादीको पक्षमा मत माग्दै काँग्रेसका नेता कार्यकर्ता प्रचारमा लाग्नेमा उनले आशङ्का व्यक्त गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस