दाङमा खोलामा डुबेर २ बालकको मृत्यु  « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

दाङमा खोलामा डुबेर २ बालकको मृत्यु 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर आज मङ्गलवार दुई बालकको ज्यान गएको छ । खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खोलामा डुबेर अचेत भएका दुवै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुवै जना बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।  

आज दिउँसो साढे ३ बजेतिर अर्जुन खोलाको पुलमुनि नुहाउन गएका बेला उनीहरू खोलामा डुबेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस